बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

अरुणोदय मावि सैपुमा अन्तर मावि भलिबल प्रतियोगिता हुने


अरुणोदय मावि सैपुमा अन्तर मावि भलिबल प्रतियोगिता हुने

एलिना कार्की



 फागुन १२
रामेछापको लिखुतामाकोशी(२ अरुणोदय मावि सैपुमा भलिबल प्रतियोगिता  हुने भएको छ  जसमा रामेछाप र ओखलढुंगाका विद्यालय सहभागी हुन पाउने भएका छन ।
अरुणोदय माध्यामिक विद्यालय फेदीको आयोजनामा फाल्गुन २४ देखि २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगिता हुने भएको हो।
दुई लाखभन्दा बढी पुरस्कार राशी रहेको प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका विद्यालयका विद्यार्थी सहभागी हुन सक्ने प्रधानाध्यापक सन्तोष पौडेलले जानकारी दिनुभएको छ। ‘दुबै जिल्लाका माध्यामिक विद्यालयलाई खेलमा सहभागी हुन पत्र पठाइएको छ।’ पौडेलले भन्नुभयो ‘सकेसम्म धेरै विद्यालयलाई समेट्ने लक्ष्य रहेको छ।’
 विद्यालयको प्राङगणमा हुने प्रतियोगितामा पुरस्कार राशि विद्यालयस्तरमा जिल्लामा सञ्चालित प्रतियोगितामध्येकै सर्वाधिक रहेको पौडेलले दाबी गर्नुभएको छ। 
प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ५० हजार र तृतीयले ३० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना टीमले १५ हजार मेडल, प्रमाणपत्र प्राप्त गर्ने प्रधानाध्यापक पौडेलले बताउनुभयो।
राज्यले खेलकूदको विकास गर्न नसकेको अवस्थामा विद्यालय तहबाट नै प्रतियोगिता आयोजना गर्दा खेलाडी उत्पादनमा थप टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पौडेलको भनाई छ। ‘
प्रतियोगितामा ब्लकर, सेटर, स्पाइकर, डिफेन्डर, सर्वर, वेष्ट प्लेयरका विद्याका उत्कृष्ट खेलाडीलाई पनि ५र५ हजार पुरस्कार दिइने विद्यालयका खेल शिक्षक अनिष राउतले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा ९ जना खेलाडि, टीम कोच र खेल शिक्षक उपस्थित हुनुपर्ने प्रावधान छ। ‘भलिबल प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्, भने, ‘प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार रूपैयाँ राखिएको छ।’


विद्यालयको चारकोठे भवन उद्घाटनको अवसर पारेर भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको हो।
 

बुधबार १२ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट