शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा इन्टरनेट जडान हुने


खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा इन्टरनेट जडान हुने

सुनौलो रामेछाप


जेठ २७, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुर सञ्चार विकास कोषबाट आउने बजेट परिचालन गरी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा अप्टिकल फाइबरसहितको इन्टरनेट जडान गर्ने भएको छ । 

इन्टरनेट सेवा अनिवार्य भइसकेकाले सबै वस्तीमा इन्टरनेटको सेवा पुर्याउने काम अगाडि बढाउन लागिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

खाँडादेवी गाउँपालिका अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा प्रदान गर्ने रामेछापको पहिलो गाउँपालिका हो । गाउँपालिकाले बिपी राजमार्ग मार्फत गाउँपालिकासम्म विछ्याएको अप्टिकल फाइबरमार्फत गत बर्ष असारबाटै केही वडा, बस्ती र विद्यालयहरुमा इन्टरनेट सेवा सुरु गरेको थियो । 

हाल विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयहरुमा लाग्ने अप्किल फाइबरको दुरीको मापन गर्ने काम भइरहेको छ । अबको तीन महिनाभित्र बाँकी रहेका सबै विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा बस्तीहरुलाई फाईबर मार्फत ईन्टरनेट जोडिने तयारी गाउँपालिकाले अगाडि बढाएको छ । 

गाउँपालिकाको स्रोत र साधनले मात्र सबै वस्तीमा इन्टरनेट सेवा दिन कठिन भएपछि प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको थियो । दुर सञ्चार कोषले लगानी गरिदिने भएपनि अब गाउँपालिकाभित्र पूणर् रुपमा इन्टरनेटको पहुँच हुने भएको छ ।

अप्टिकल फाइबर विछ्याउनको लागि लागत कम गर्नको लागि सुनापति र दोरम्बा गाउँपालिकासँग पनि समन्वय भइरहेको अध्यक्ष तामाङले बताए ।

बिहीबार २७ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट