मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

सुनापातीका सबै वडा संगठन कमिटि पूर्ण गठन हुने 


सुनापातीका सबै वडा संगठन कमिटि पूर्ण गठन हुने 

सुनौलो रामेछाप


चैत ९, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनापाती गाउँ संगठन कमिटिको चैत ८ गते रामकृष्ण लामाको अध्यक्षतामा नेकपा एमालेका केन्द्रीय सदस्य कमल प्रसाद चौलागाईको प्रमुख आथित्यमा काठमाडौंको बानेश्वरमा बसेको पूर्ण बैठकले नेकपा एमाले सुनापाती गाउँ संगठन कमिटिको कार्यलय उद्घाटन तथा वृहत जन–सभा चैत २६ गते गर्ने निर्णय गरिएको जानकारी नेकपा एमाले सुनापाती गाउँ संगठन कमिटिका सचिव राज मैनालीले सुनौलो रामेछापलाई गराए । 

बैठकले सुनापाती गाउँपालिकाको चैत ११ गते वडा नं. ५ खनियापानी, चैत १२ गते वडा नं. ४ वेथान, चैत १४ गते वडा नं. २ दिमीपोखरी, चैत २० गते वडा नं. १ गुन्सी र वडा नं. ३ का हिलेदेवीमा वडा संगठन कमिटि तथा जन–वर्गीय संगठन पूर्ण गठन सम्पन्न गर्ने समेत निर्णय भएको मैनालीले बताए । 

बैठकमा सुनापातीका अग्रज नेताहरु भुवन घिमिरे, ज्ञानकुमार योञ्जन, सुमन लामा (सौजञ्य) वोज प्र. गौतम, सुरेस वडाल, पदम ब. थापा मगर, अम्बर ध्वज तामाङ, तेज दोङ्ग (उर्जा), प्रविन कुमार वल लगायतका नेताहरु अतिथी रहेका थिए । 


                                                                                                                              तस्बिरः राज मैनाली 
 

सोमबार ९ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट