श्रावण २४, रामेछाप । कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्पतालमा आईपुगेको छ । जिल्लामा पीसीआर मेशिन भदौ पहिलो हप्तादेखी सन्चालनमा ल्याउने तयारी भईरहेको छ ।
जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने केहि समय लाग्ने भएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । जिल्लामा उक्त मेसिन सन्चालन गर्न आवश्यक पर्ने जनशक्ति नभएकाले त्यसका लागी जनशक्ति माग गर्ने, पीसीआर मेशिन राख्ने ठाउँको व्यवस्थापन गर्ने लगायतको काममा केहि समय लाग्ने अध्यक्ष पाख्रिनले बताउनुभयो ।
आईतवार २४ श्रावण, २०७८