१२ फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समुहले संसद पुर्नस्थापनको खुसीयालीमा रामेछापको सदरमुकाम मन्थलीमा विजयी जुलुस गरेको छ । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुर्नस्थापना गरेपछि नेकपाले मन्थलीमा जुलुस निकालेको हो ।

विजयी जुलुसमा नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल, संविधानसभाका सदस्यद्धय तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, नेताहरु टंकलाल घिसिङ, ज्ञान कुमार श्रेष्ठ होम बुढाथोकी, प्रेमा लामा लगायतको सहभागीता रहेको थियो ।जुलुसमा हुन विभिन्न स्थानीय तहका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।



बिहीबार १३ फाल्गुन, २०७७