मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्नै सांसद श्रेष्ठको भनाई


प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्नै सांसद श्रेष्ठको भनाई

एलिना कार्की


प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्नै सांसद श्रेष्ठको भनाई
१७ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्ने बताउनुभएको छ । असंवैधानिक रुपमा संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुर्नस्थापित गरेको बताउदै उहाँले नैतिकताको आधारमा तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको हो ।

नेपाली जनताले दिएको जनमतको अपमान गर्दै  ओलीले संसद विघटन गरेर ठूलो गल्ती गरेको बताउदै सांसद श्रेष्ठले गल्ती गरिसकेकाले अब पनि पदमा बस्न नसुहाउने बताउनुभएको हो।रामेछाप जिल्लाभित्र विकास निर्माणको कामले योजनाबद्ध रुपमा गति लिएको बताउदै आगामी दिनमा जिल्लाको विकासको लागि धेरै भन्दा धेरै बजेट पार्न पहल गर्ने बताउनुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत खरिद गरिएको एम्बुलेन्स र शव वहानको साचो  रेडक्रस सोसाइटीलाइ हस्तान्तरण गर्दै उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न पाउदा खुसी लागेको बताउनुभएको छ । सांसद श्रेष्ठको पहलमा सुनापति गाउँपालिकाले २५ लाखमा शव बहान र एम्बुलेन्स खरिद गरेको हो ।
 

सोमबार १७ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट