बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

कल्पना श्रेष्ठको दश मुक्तक


कल्पना श्रेष्ठको दश मुक्तक

सुनौलो रामेछाप


मुक्तक १

हिजो आज सबै बार एउटै लागेको छ

हरेक जित अनि हार एउटै लागेको छ

बाच्न कै लागि ठुलो संघर्ष गर्नु पर्दा

यो जिन्दगीको सार एउटै लागेको छ।

 

    मुक्तक २

कोलाहल शहर पनि सुनसान भाको छ

विश्वलाई नै कोभिड भन्ने रोग लाको छ

आफु बाचौँ अरुलाई नि बचाउँ हजुर,

सुरक्षित भइ बसौं भन्ने खबर आको छ।

 

    मुक्तक ३

बेरोजगारी भैयो हजुर वचन खानु परेको छ

 रित्तो पारी बाको खल्ती पैसा लानु परेको छ

भने जस्तो जागिर मैले  पाइन यो  शहरमा

कमाउनकै लागि अब बिदेश जानु परेको छ।

 

   मुक्तक ४

जिन्दगी हो विचार गरी चल्नु पर्ने रैछ

आपत, बिपतहरु  सबै छल्नु पर्ने रैछ

अरुलाइ खुशि दिन सधै लागि पर्नु पर्ने

र त  मैन बत्ति झै आफै जल्नु पर्ने रैछ।

 

    मुक्तक ५

भेटेर एउटा कुरा बताउनु छ है माया

दिलाइ  प्रेम आभाष सताउनु छ है माया

घोडे सवार गरी आउँछु तिम्रो बस्तीमा

जिन्दगीको यात्रासँगै कटाउनु छ है माया ।

 

     मुक्तक ६

हिजो आज उसकै याद आउन थालेको छ

उसै गरी सपनीमा सताउन थालेको छ

खै? माया बस्ने लक्षण भएर पो हो कि !

ठानी आफ्नै मनका कुरा बताउन  थालेको छ।

 

      मुक्तक ७

हेरीरहन खोज्छन् तिमीलाई यी आँखाहरुले 

मैले गुनगुनाउने प्रत्येक गीतका भाकाहरुले

हो यस्तै भनी जालमा पारेकै हो मलाई पनि

लुटेरा बनि फाइदा लुट्न आकाहरुले।

    

      मुक्तक ८

मुटुमा लेखेको नाउँ मेट्न सकिन

पराइको भयौ तिमी भेट्न सकिन

धोका पाए मायामा बहकियो मन

मैले तिम्रो ठाउँमा अरु समेट्न सकिन।

 

    मुक्तक ९

बुझेर नि नबुझेझै किन गर्छन होला

टुलुटुलु हेरेर पछि किन सर्छन होला

भाषणमै सिमित भए बोली नेताको

आफ्नो मात्र पोल्टा किन भर्छ्न होला?

 

       मुक्तक १०

नबगाउनु आशु बलिनधारा घात गरेर 

नहिड्नु  है धोका दियो भन्दै वाद गरेर

मिलन अनि बिछोड हुन्छ माया प्रेममा

बिन्ती स्वीकार गर्नु है  आत्मसात गरेर ।।

बुधबार २२ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट