मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

उपचारत दोरम्बा सैलुङका श्रेष्ठको कोरोनाबाट निधन


उपचारत दोरम्बा सैलुङका श्रेष्ठको कोरोनाबाट निधन

सुनौलो रामेछाप


जेठ २०, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापमा थप एक जनाको मृत्यु भएको छ । 

आज उपचारको क्रममा दोरम्बा सैलुङ गाउँपालिका-५ रजमनटार निवासी राम बहादुर श्रेष्ठको कोरोना संक्रमणको कारण निधन भएको हो । श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि चार दिन अघि दोरम्बा प्राथमिक अस्पतालमा लगिएको थियो ।

तर उनको अक्सिजनको मात्र निकै कमी भएको कारण थप उपचारको लागि दोरम्बा अस्पतालले धुलिखेल अस्पतालमा रिफर गरेको थियो । 

त्यसपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको निधन भएको दोरम्बा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल भट्टराईले बताए । श्रेष्ठ दोरम्बा गाउँपालिकाका कम्युनिष्ट आन्दोलनको अगुवा समेत रहेका थिए ।

बिहीबार २० जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट