आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

मन्त्री ढुंगेलको उद्घोषः रामेछापमा अर्को एकीकृत नमूना बस्ती बनाईन्छ


मन्त्री ढुंगेलको उद्घोषः रामेछापमा अर्को एकीकृत नमूना बस्ती बनाईन्छ

एलिना कार्की



१७ फागुन, रामेछाप ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले थामी समुदायको लागि एकीकृत नमूना वस्ती निर्माणको लागि पहल गर्ने बताउनुभएको छ। उहाँले गाउँपालिकाले नमूना वस्ती बनाउने योजना बनाएर ल्याउन आग्रह गर्दै  बस्तीको लागि बजेटको व्यवस्था गर्ने बताउनुभएको हो ।

खाँडादेवी गाउँ कमिटी वडा नम्बर ७ द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले डब्खामा निर्माण गरिएको एकीकृत वस्तीजस्तै थामी समुदायको लागि नमूना वस्ती बनाइने बताउनुभएको हो । खाँडादेवी गाउँपालिका र बागमती प्रदेशको साझेदारीमा केही समय अघि  डब्खाको एकीकृत नमूना माझी बस्ती हस्तान्तरण भइसकेको छ ।

‘जग्गा स्थानीय समुदायले उपलब्ध गराएर गाउँपालिकाले तत्काल योजना बनाएर आएमा, ,‘सीमान्तकृत थामी समुदायको आर्थिक जीवनस्तर माथि उठाउन एकीकृत वस्ती निर्माण गर्न आफुले सक्दो सहयोग गर्नै उहाँको भनाई छ ।’ एकीकृत वस्ती निर्माणको लागि अहिले सुवर्ण मौका रहेको बताउदै उहाँले तीनै तहको सहकार्य मिलेको बेला हुन नसकेको विकास पछि हुन नसक्ने बताउनुभएको हो।

सोमबार १७ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट