मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

रामेछापमा विद्यार्थीसँग प्रहरी कार्यक्रमः अपराध न्यूनिकरणको प्रयास


रामेछापमा विद्यार्थीसँग प्रहरी कार्यक्रमः अपराध न्यूनिकरणको प्रयास

एलिना कार्की



फागुन २०
अपराधजन्य घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपाय सहित एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अपराध नियन्त्रणमा विद्यार्थीहरुको भूमिका कस्तो हुने, खराब संगतबाट कसरी जोगिने, समाजमा कस्ता घटना भइरहेका छन् लगायतका विषयमा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगनाले जानकारी गराएका छन् । समाजमा हुने विभिन्न अपराध न्यूनिकरणमा विद्यार्थीहरुको भूमिका  महत्वपूर्ण हुने भएकाले उनिहरुलाई  यसबारेमा जानकारी गराईएको प्रहरी प्रमुख ढुंगनाले बताए ।

अन्तरक्रिया कार्यक्रममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । कोरोना भाइरसका कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अब नियमित संचालन गरिने प्रनाउ ढुंगनाले जनकारी दिएका छन् ।

बिहीबार २० फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट