माघ १४, रामेछाप । जिल्ला अस्पताल रामेछापबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने अभियान आजबाट सुरु भएको छ । स्वास्थ्य कार्यालय रामेछापले खोपको सम्पूर्ण तयारी पूरा गरेको बताएको छ ।
हालसम्म रामेछाप जिल्लामा १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताएका छन् । उनका अनुसार खोप लगाउने कर्मचारीलाई समेत तालिम दिएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप लगाइनेछ ।
बुधबार १४ माघ, २०७७