शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

रामेछापमा नयाँ कमिटीलाई मान्यता दिने


रामेछापमा नयाँ कमिटीलाई मान्यता दिने

सुनौलो रामेछाप


चैत १, रामेछाप । सर्वोच्च अदालतको फैसाल अनुरुप एमाले ब्युँतिए पनि नेकपा एमाले रामेछापले नयाँ पुनगर्ठन कमिटीलाई मान्यता दिएको छ । 

नेकपा दुई समुहमा विभाजित भएपछि केपी ओली समुहले रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेललाई कारवाही गरेर नयाँ अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडेरियालाई चयन गरेको थियो ।

पार्टी ब्युँतिएपछि पुरानै कमिटीलाई नै मान्यता दिनुपर्ने माग गरेपनि शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले अहिलेकै कमिटीलाई मान्यता दिने निर्णय गरेको थियो । एमालेले जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि पदाधिकारी र जिल्ला कमिटी भने पुर्नगठन गरेको छैन् । साथै आठ वटै स्थानीय तह र वडा कमिटी समेत पुर्नगठन गरिसकेको छ । 

जिल्लाभित्र नयाँ कमिटीले नै निरन्तरता पाउने नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले बताए । उनले भने, ‘अर्को निर्णय नभएसम्म अहिलेकै कमिटीले काम गर्छ ।’
 

आईतवार १ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट