आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

दोरम्बा गाउँपालिकामा १४ किलोमिटर सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारको साथ


दोरम्बा गाउँपालिकामा १४ किलोमिटर सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारको साथ

सुनौलो रामेछाप


 चैत २, रामेछाप । पहिलो पटक दोरम्बा गाउँपालिकामा १४ किलोमिटर सडक कालोपत्रे हुने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस बर्ष संघीय सरकार, बागमती प्रदेश सरकार दोरम्बा गाउँपालिकाको साझेदारीमा मात्र सडक कालोपत्रेको योजना सम्भव भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलको पहलमा दोरम्बा गाउँपालिकाभित्रको १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । 

सदरमुकाम मन्थलीदेखि हरेक स्थानीय तहसम्म सरकारले सडक कालोपत्रे गर्ने नीति अनुरुप सदरमुकाम र राजधानी काठमाडांै जोड्ने मुख्य सडकको रुपमा रहेको गाल्वा–दोरम्बा हुँदै टोकरपुरसम्मको सडक कालोपत्रे गर्ने समझदारी भएको छ ।

मन्त्री ढुंगेलको पहलमा मन्थली खाँडादेवी हुँदै गाल्वासम्म जोडन सडकको धमाधम कालोपत्रेको काम भइरहेको छ । त्यसैगरी सित्खा–भिरपानी गोगनपानी हुँदै गाल्वा जोडन सडक पनि कालोपत्रे सम्पन्न हुने चरणमा रहेको छ । साथै यो बर्ष बागमती प्रदेश सरकारले मन्थलीबाट गाल्वा हुँदै चौरीखोला जोडन सडक कालोपत्रे गर्नको लागि ४७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण भएको छ । सम्झौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागाईंले तीन वटै तहको साझेदारीमा सडक निर्माण गर्ने काम अगाडि बढेको बताए ।

प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य तीन वर्षको अवधिभित्र सम्पन्न गरेको मन्त्री फुयाँलले बताए ।
 

सोमबार २ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट