आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान 


सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान 

सुनौलो रामेछाप


मंसिर २४, रामेछाप । सुनापति गाउँपालिकाले समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँगाउँमा जनचेतनाको कार्यक्रमम अगाडि बढाउँदै प्लेकार्ड र्याली निकालेको छ । हरेक वर्षझैँ गाउँपालिकाले यस बर्ष पनि लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको हो ।  

उपाध्यक्ष गीता विष्टले कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा रहेको विकृति र विसंगतीलाई हटाउन सबै जना  एक जुट भई अगाडि बढ्नु पर्ने बताईन । उनले लैङ्गिक हिंसा रोक्नको लागि घरघरबाटै अभियान थाल्नु पर्ने बताउँदै एक अर्कालाई आरोप लगाउने भन्दा पनि हातेमालो गर्दै समाजमा रहेको गलत मानसिकतालाई चिर्नु पर्ने बताइन । 

लैङ्गिक हिंसा अन्त्य गर्नको लागि वडा कार्यालयले आगामी दिनमा थप प्रभावकारी रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वडाअध्यक्ष ठूलोकान्छा तामाङले बताए ।  उनले भने, ‘लैङ्गिक हिंसामुक्त वडा बनाउन सबै मिलेर लागौँ ।’ 

बुधबार २४ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट