पुष ३, रामेछाप । बिपी राजमार्ग हुँदै हाल कालोपत्रे भइरहेको सित्खा–भिरपानी गोगनपानी सडक हुँदै गाउँपालिकाको केन्द्र माकादुमसम्म खाँडादेवी गाउँपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको पहलमा फाइबर बिछ्याउने काम सम्पन्न भएसँगै गाउँगाउँमा गुणस्तरीय इन्टरनेटको सुविधा भएको छ ।
सो आयोजना अन्तर्गत खाँडादेवी गाउँपालिका र इन्टरनेट सेवा प्रदायक एरोनेट प्रालिबीच साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । सो आयोजनामा कुल २५ लाख लागत रहेको छ । खाँडादेवी गाउँपालिकाले १२ कोरको अप्टिकल फाईबरको लागत १२ लाख ब्यहोरेको छ भने बाँकी आवश्यक पर्ने नेटवर्किङ, विद्युतीय सामाग्रीहरु र जडान खर्च एरोनेट प्रालिले ब्यहोरेको छ । १२ कोर मध्ये एरोनेट प्रालिले ईन्टरनेट र आईपी टीभीलाई २ कोर प्रयोग गरेको छ भने बाँकी गाउँपालिकाले सडक सिसीटिभी लगायत अन्य प्रयोजनलाई उपयोग गर्नेछ ।
शुक्रबार ३ पुष, २०७७