चैत १८, रामेछाप । स्थानीय पाठ्यक्रम निर्माणका लागि रामेछापको खाँडादेवी गाउँपालिकाले सरोकारवालासङ्ग सुझाव लिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको अध्यक्षता र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलको प्रमुख अतिथ्यतामा सोमबार कार्यशाला गोष्टि आयोजना गरी स्थानीय पाठय्क्रम निर्माण गर्न गाउँपालिकाले सुझाव लिएको हो ।
गाउँपालिकाका प्रवक्ता पुष्कर कुमार कार्कीले जानकारी दिए अनुसार गाउँपालिकाको भौगोलिक अवस्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गर्ने तयारी स्वरुप सुझाव सङ्कलन गरिएको हो ।
कक्षा १ देखि ८ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर पठ्यक्रम निर्माण गरीने र आगमि शैक्षिक सत्रबाट यो पाठ्यक्रम लागु गरीने गाउँपालिकाका अध्यक्ष पे्रम बहादुर तमाङले बताउनुभयो ।
गाउँपालिकाभित्र सन्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसँग पठ्यक्रम बनाउन सुझाव लिइएको छ ।
बुधबार १८ चैत्र, २०७७