शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

रामेछापमा स्वास्थ्य सुरक्षा सतर्कता थप गर्दै 


रामेछापमा स्वास्थ्य सुरक्षा सतर्कता थप गर्दै 

सुनौलो रामेछाप


चैत ११, रामेछाप । भारत लगाएतका छिमेकी मुलुकहरुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर सुरु भएको भन्दै रामेछापमा थप स्वास्थ्य सुरक्षा सतर्कता सहितको पूर्व तयारी गरिने भएको छ । 

मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । 

बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लामा जुलुस, सभा, र्याली, गोष्ठि, भेला, जमघट, सेमिनार, बैठक तथा भिडभाड बढाउने व्यवसायीक कार्यहरु नगराउने र नगर्ने, सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने, साबुन पानीले राम्रोसंग हात धुने र समय–समयमा सेनिटाइजरको प्रयोगलाई कडाई गर्ने निर्याण गरेको छ । त्यस्तै अब आउँदै गरेको होली पर्वमा पनि बाहिर ननिस्केर परिवारभित्रै पर्व मनाउने, कोरोना संक्रमणको सम्भावनालाई ध्यानमा राखेर सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाइने, कोरोनाबाट बच्ने उपाएका बारेमा चेतनामूलक सूचना तथा सन्देश सञ्चार माध्ययमहरुबाट प्रकाशन तथा प्रसारण गर्ने, मास्क नलगाउनेलाई संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने, भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुको आवत जावतलाई व्यवस्थित गरी उनीहरुले अभिलेख राख्ने लगाएतको निर्णय बैठकले गरेको छ ।

उक्त बैठकमा सहभागि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले कोरोना भाइरसा रोकथाम, नियन्त्रण र उपचारमा सबै क्षेत्र एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । 
 

बुधबार ११ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट