बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

मन्थली नगर–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा बालाकाजी श्रेष्ठ मनोनित 


मन्थली नगर–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा बालाकाजी श्रेष्ठ मनोनित 

सुनौलो रामेछाप


चैत १७, काठमाडौं । नेकपा एमाले मन्थली नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सर्वसहमत बालाकाजी श्रेष्ठ मनोनित भएको छ । 

चैत १४ गते शनिबार गौरिशंकर पाटी प्यालेश कोटेश्वरमा मन्थली नगरका युवा नेता राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको वृहत कार्यकर्ता भेलाले अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा सुदिप भट्टराई र विसाल श्रेष्ठ, सचिवमा सूर्य माझी, सहसचिवमा दिपक खड्का, रन्जन खड्का, कोषध्यक्षमा अम्बिका भण्डारी (बोहोरा) लगायत ७१ सदस्यीय कमिटि सर्वसहमत चयन गरेको छ । 

कार्यक्रममा अथितिहरु वाग्मती प्रदेश सम्पर्क कमिटिका सहसंयोजक अशोक ठकुरी, मन्थली नगरका उप–प्रमुख माया कार्की, शिक्षाविद सिताराम भण्डारी, एमालेका नेताहरु केशर बुढाथोकी, उद्धव कडेरिया, गिता कार्की, प्रकाश श्रेष्ठ, राजेस श्रेष्ठ युवा संघ नेपनलका सह–कोषाध्यक्ष जय गुरुङ, नेता बाबुराम ग्यापक, रामेछाप–काठमाडौं सम्पर्क मञ्चका संयोजक टेक बहादुर श्रेष्ठ लगायत नेताहरु रहेका थिए । 

मन्थली नगर, रामेछाप नगरका नेता तथा कायकर्ताको बाक्लै उपस्थित रहेको कार्यक्रममा युवा नेता सोनु रोक्काले स्वागत मन्तव्य राख्नुका साथै हिमाल बोहोराले कार्यक्रम संचालन गरेका थिए । 


                                                              तस्बिरः खिल बहादुर श्रेष्ठ 


 

मंगलवार १७ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट