बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापको हात्तीटारमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु, घाइते हुनेलाई काठमाडौं पठाइयो



सुनौलो रामेछाप


भदौ ३१, रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप आज बिहान खुर्कोट–मन्थली सडकखण्डको हात्तीटारमा दुर्घटना भएको हो । उक्त जिप भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा ओखलढुंगा खिजिफलाटे  गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई घटनास्थलबाट उद्दार गरी थप उपचारका लागि काठमाडौं ढुंगानाले जानकारी दिए । घाइते बालकको निधार र ओठमा गम्भीर चोट लागेको छ ।
 

बिहीबार ३१ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट