असोज ३ रामेछाप, ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस तथा सातौं साधारणसभा कार्यक्रममा गोठगाउँ सरोकार सममजलाई सम्मान गरेको छ।

ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष जनककुमार खड्का तथा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस भन्ने ब्लोदानको मुल नारालाई आत्मासाथ गर्दै ब्लोदान काठमाडौं जिल्ला शाखाको सहकार्यमा सरोकार समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हुदा ब्लोदान काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस तथा सातौं साधारणसभाको उपलक्ष्यमा गोठगाउँ सरोकार समाजलाई सम्मान गरेको ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष जनककुमार खड्काले सुनौलो रामेछाप लाई जानकारी गराउनु भयो ।

रक्तदान कार्यक्रम गर्दै आएको संघ संस्थाहरूले कार्यक्रम गर्न अझै हौसला बढोस भन्ने उद्देश्यका साथ सरोकार समाज लगायत ब्लोदान काठमाडौं जिल्ला शाखासग सहकार्य गर्ने सबै संघ संस्थाहरूलाई सम्मान गरेको समेत अध्यक्ष खड्काले सुनौलो रामेछाप लाई जानकारी गराउनु भयो।

सम्मान लिन कार्यक्रममा सरोकार समाजको आजीवन तथा सल्लाहकार सदस्य दिल बहादुर श्रेष्ठ (दिलिप)अध्यक्ष संजय कुमार थापा ,सचिव मीन बहादुर श्रेष्ठ (बिष्णु) सहसचिव कुमार श्रेष्ठ र सञ्चालक समिति सदस्यहरू केशर बहादुर कार्की ,राजकुमार बुढाथोकी उपस्थित हुनु भएको थियो ।
सोमबार ३ आश्विन, २०७९