चैत २५, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेको वृहत कार्यकर्ता भेला २०७७ चैत २६ गते सुनापाती गाउँ पालिकाको केन्द्र हिलेदेवी साँदीडाँडामा हुने भएको छ ।

यस वृहत कार्याक्रममा नेपाल सरकारको संघिय उर्जा तथा जलस्रोत सिंचाई मन्त्री टोप बहादुर रायमाझीले प्रमुख आतिथ्यताको साथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै यस कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले विशेष अतिथीको साथै विशेष सम्बोधन पनि गर्नु हुनेछ । साथै पूर्व मन्त्री कमलप्रसाद चौलागाईं, यूवा परिषदको उपाध्यक्ष माधव ढुङ्गेल लगायत जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस वृहत कार्यकर्ता भेलाले आगामी सुनापातीको गाउँ संगठन समिती गठनको साथै विभिन्न जनवर्गिय संगठनको संयोजक र सहसंयोजक तोकिने र जनवर्गिय संगठनलाई गठन प्रकृयामा अगाडी बढाउने भएको छ । अबको दिनमा सुनापाती नेकपा एमालेको प्रकट रहने र पहिलो पार्टी हुने कमिटी सचिव राज मैनालीले जानकारी गराउनुभयो ।

हालसम्म ५ नं. वडा खनियापानी, ४ नं. वडा वेथान, २ नं. वडा दिमिपोखरी गरी ३ वटा वडा कमिटी गठन भैसकेको छ । त्यसैगरी आज २०७७ चैत २५ गते वडा नं. ३ साँदीडाँडा हिलेदेवीको पार्टी कमिटी गठन हुनेछ भने वडा नं. १ गुन्सी पालिकाको कार्यक्रम पछी नै वडा कमिटी गठन हुने सुनापाती गाउँपालिकाका संगठन कमिटि सचिव मैनालीले जानकारी गराउनुभयो।
बुधबार २५ चैत्र, २०७७