आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरे विजयी 


पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरे विजयी 

सुनौलो रामेछाप


चैत २६, रामेछाप । बुधबार सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मत परिणाममा रामेछाप जिल्लामा अध्यक्ष पदमा बद्री नयाँघरे विजयी भएका छन् । 

मतगणना अनुसार उपाध्यक्षमा कैलाश खत्री, महिला उपाध्यक्षमा रिता मगर, सचिवमा तुलसी देवी मगर, सहसचिवमा रामचन्द्र वि.क., सहसचिव समावेशीमा सम्बर ब. हायु विजयी बनेका छन् । 

त्यसैगरी कोषाध्यक्षमा युवराज श्रेष्ठ, सदस्यहरुमा अनिता थापा मगर, निरोज श्रेष्ठ, राजन महतारा, कुमार श्रेष्ठ, सरोजराज सुवेदी, मिलन वि.क., निरु थापा विजयी बनेका छन् । 

त्यस्तै राष्ट्रिय सभा सदस्यमा टिका भट्ट, हिमाल ढुङ्गेल, दिपक भट्ट र प्रदेश सभा सदस्यमा मञ्जु उपे्रती अप्रिल अधिकारी, दिपक घिमिरे, सन्तोष ढुंगेल, उमंग मैनाली विजयी भएका छन् । 
 

बिहीबार २६ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट