बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

स्वरोजगार बन्नको लागि योजना सहित आए गाउँपालिकाले सहयोग गर्ने 


स्वरोजगार बन्नको लागि योजना सहित आए गाउँपालिकाले सहयोग गर्ने 

सुनौलो रामेछाप


वैशाख २, रामेछाप । यस आर्थिक बर्ष दुई हजार जनालाई रोजगारी दिने खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताएका छन् । 

उनले गाउँघरमै रोजगारी दिने कार्यक्रम बनाएको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रम सहित गाउँपालिकाले तय गरेको कार्यक्रमबाट दुई हजार जनालाई रोजगारी दिने बताएका हुन् । 

गत बर्ष पन्ध्र सय जनालाई रोजगारी दिएकोमा यस बर्ष रोजगारी सृजनाको कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष तामाङले बताए । कृषि क्षेत्र र सडक निर्माणमा रोजगारीको कार्यक्रम सृजना गरिएको उनले बताए ।

अध्यक्ष तामाङले भने, ‘स्वरोजगार बन्नको लागि योजना सहित आए गाउँपालिकाले सहयोग गर्छ ।’ 
 

बिहीबार २ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट