फागुन २६, रामेछाप । एमाले ब्यूँतिएसँगै नेकपा एमाले रामेछापले पार्टी कार्यलय उद्घाटन गरेर औपचारिक रुपमा पार्टी कार्यालय सञ्चालन गरेको छ ।
एमाले र माओवादी केन्द्र एकीकरण हुनुभन्दा अघि एमाले रामेछापको अध्यक्षमा शान्ति पौडेल र सचिवमा आनन्द पौडेल रहेका थिए । जब प्रतिनिधिसभा विघटन भयो तब नेकपा दुई समुहमा विभाजित भएको थियो । रामेछापमा पनि नेकपा दुई समुह विभाजित भएसँगै पार्टी एकता हुँदा सचिव भएका शान्ति पौडेल प्रचण्ड–नेपाल समुहमा लागेका थिए ।
एमाले र माओवादी दुई पार्टी अगल अगल हुने फैसला निर्वाचन आयोगले सुनाएपछि प्रचण्ड समुहसँग सम्बन्ध तोड्दै एमालेपत्ती पुनः पार्टीमै फर्किने निर्णय गरिसकेको छ ।
पार्टी दुई समुहमा विभाजित भएपछि पार्टीको सर्कुलर नआउदासम्म नेकपाबाट अध्यक्ष भएका आनन्द श्रेष्ठ र सचिव भएका पुरोषत्तम कडेरियालाई नै तत्कालको लागि निरन्तरता दिएको छ ।
पार्टी कार्यालय उदघाटन कार्यक्रममा शान्ति पौडेल सहभागी भएपनि पार्टीको अध्यक्षको रुपमा श्रेष्ठ नै रहेका थिए ।
बुधबार २६ फाल्गुन, २०७७