जेठ ३, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका ५९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको नेतृत्वमा गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले उपाध्यक्ष कार्की सहित ५९ जना स्थानीयको पिसिआर परीक्षणको लागि आइतबार स्वाब संकलन गरिएको हो ।
गुम्देलका स्थानीय जनप्रतिनिधि सहित ६ जनामा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा आएका र कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका ५९ जनाको स्वाब संकलन गरिएको हो ।
यस अघि पनि जिल्लाका विभिन्न ठाउँबाट पठाइएका धेरै स्वाबको रिपोर्ट आउन बाँकी भएकाले आइतबार गुम्देलबाट संकलन गरी पठाएका स्वाबको रिपोर्ट आउन केही ढिला हुने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
त्यसकारण स्वाब संकलन गरिएका सबैलाई रिपोर्ट नआए सम्म एक अर्कासँग सम्पर्कमा नआउन अनुरोध गर्दै घर भित्रै बस्न अनुरोध गरिएको उपाध्यक्ष कार्कीले बताइन् ।
सोमबार ३ जेष्ठ, २०७८