वैशाख ६, रामेछाप । रामेछाप जिल्ला बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा प्रथम भएको छ । रामेछापले प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य सहित प्रथम स्थान हासिल गरेको छ ।
रामेछापका खेलाडीहरुले बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अन्य खेलाडीहरुलाई पछि पार्दै आफ्नो जिल्ला रामेछापलाई प्रथम श्रेणीमा ल्याउन सफल भएका छन् । उक्त प्रतियोगितामा रामेछाप निवाशी सरोज माझी उत्कृष्ट खेलाडीको रुपमा घोषित भएका छन् ।
२ दिन शुक्रवार र शनिवार सञ्चालन भएको उक्त प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाडिहरूको सहभागिता रहेको थियो ।
आयोजक समुह काठमाण्डौले प्रतियोगितमा दोस्रो र सरस्वती डोजोले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा २० देखि ६० केजी समुहको छुट्टा छुट्टै प्रतियोगिता गराइएको थियो ।
सोमबार ६ बैशाख, २०७८