बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

बागमती प्रदेश स्तरीय कराँते प्रतियोगीतामा प्रथम बन्न सफल रामेछाप 


बागमती प्रदेश स्तरीय कराँते प्रतियोगीतामा प्रथम बन्न सफल रामेछाप 

सुनौलो रामेछाप


वैशाख ६, रामेछाप । रामेछाप जिल्ला बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा प्रथम भएको छ । रामेछापले प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य सहित प्रथम स्थान हासिल गरेको छ । 

रामेछापका खेलाडीहरुले बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अन्य खेलाडीहरुलाई पछि पार्दै आफ्नो जिल्ला रामेछापलाई प्रथम श्रेणीमा ल्याउन सफल भएका छन् । उक्त प्रतियोगितामा रामेछाप निवाशी सरोज माझी उत्कृष्ट खेलाडीको रुपमा घोषित भएका छन् ।

२ दिन शुक्रवार र शनिवार सञ्चालन भएको उक्त प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाडिहरूको सहभागिता रहेको थियो ।

आयोजक समुह काठमाण्डौले प्रतियोगितमा दोस्रो र सरस्वती डोजोले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा २० देखि ६० केजी समुहको छुट्टा छुट्टै प्रतियोगिता गराइएको थियो ।
 

सोमबार ६ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट