आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा सिडियो र डिएसपी नै सडक अनुगमनमा


रामेछापमा सिडियो र डिएसपी नै सडक अनुगमनमा

सुनौलो रामेछाप


वैशाख २६, रामेछाप । बजारवासीले प्रहरीको आँखा छल्दै पसल खोल्न सुरु गरेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगाना नै सडक अनुगमनमा निस्किएका छन् ।

कोरोना संक्रमितको संख्या रामेछाप जिल्लामा बढेसँगै जिप्रका रामेछापले लकडाउन घोषणा गरेको थियो । पास विना सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने कामलाई प्रहरीले तीब्रता दिएको छ ।

प्रजिअ सैजू र डिएसपी ढुंगानाले लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि छडके अनुगमनमा निस्किने गरेका छन् ।

आईतवार २६ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट