आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने 


रामेछापमा अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने 

सुनौलो रामेछाप


वैशाख २७, रामेछाप । कोरोना संक्रमितको संख्या रामेछाप जिल्लाभित्र बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउन पुनः एक साता थप गर्ने निणर्य गरेको छ । 

आइतबार बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जेठ ३ गतेसम्म लकडाउन थप्ने निणर्य गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा आइतबार बसेको बैठकले लकडाउन थप कडा बनाउने निणर्य गरेको छ । बैठकले जिल्लाभित्र अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने निणर्य गरेको छ । 

अन्यत्र जिल्लाबाट जिल्लभित्र पैदल प्रवेश गर्नेहरुले पनि वडा कार्यालयको सिफारिसमा मात्र जिल्ला प्रवेश गर्न पाउने जिप्रकाद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

सोमबार २७ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट