आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

नगर सम्पर्क मञ्चले गरे सम्पर्क मञ्चलाई १२५ लिटर सेनिटाइजर सहयोग 


नगर सम्पर्क मञ्चले गरे सम्पर्क मञ्चलाई १२५ लिटर सेनिटाइजर सहयोग 

सुनौलो रामेछाप


जेठ ५, रामेछाप । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा रामेछाप जिल्लाका सबै पालिकामा कोरोना भाइरसको महामारीलाई केही हदसम्म भए पनि नियन्ञण गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रमलाई सहयोग स्वरुप नेकपा एमाले रामेछाप नगर काठमाडौं सम्पर्क मञ्चले २५,००० (पचिस हजार) बराबरको १२५ लिटर सेनिटाइजर सम्पर्क मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठलाई उपलब्ध गराईदिएको नगर सम्पर्क मञ्चका अध्यक्ष दिलिप श्रेष्ठले सुनौलो रामेछापलाई जानकारी गराउनुभयो । 

रामेछाप नगर देउरालीका वडा सम्पर्क मञ्चका संयोजक हरि बहादुर रोक्काबाट रु.५,०००, नगर सम्पर्क मञ्चका सल्लाहकार सदस्य देउरालीका रक्षा बहादुर रैका मगरबाट रु. ५,०००, गोठगाउँ वडा सम्पर्क मञ्चका सचिव शंकर बस्नेतबाट रु. ५,०००, गोठगाउँ वडा सम्पर्क मञ्चका कोषाध्यक्ष राजकुमार बुढाथोकीबाट रु.५,०००, गोठगाउँ वडा सम्पर्क मञ्चका अध्यक्ष कुमार श्रेष्ठबाट  रु.२५००, नगर सम्पर्क मञ्चका प्रमुख सल्लाहकार कुमार घिमिरेबाट रु.१०००, हिमगंगा वडा सम्पर्क मञ्चका अध्यक्ष शंकर घिमिरेबाट रु. १०००, नगर सम्पर्क मञ्चका सल्लाहकार गणेश कुमार श्रेष्ठबाट रु.१०००, नगर सम्पर्क मञ्चका सल्लाहकार दिनेशराज कार्कीबाट रु.१००० गरी जम्मा रु. २६,५०० नगद संकलन गरी रु. २५,००० (पचिस हजार) बराबरको १२५ लिटर सेनिटाइजर सम्पर्क मञ्चलाई उपलब्ध गराई बाँकी रहेको रु.१५०० (एक हजार पाँच सय) नगरकै खातामा रहेको जानकारी श्रेष्ठले सुनौलो रामेछापलाई गराए । 

नेकपा एमाले रामेछाप- काठमाडौ सम्पर्क मञ्चको यस कार्यमा रामेछाप नगर- काठमाडौ सम्पर्क मञ्चले पनि केही सहयोग गर्ने अवसर पाएकोमा खुसि व्यक्त गर्दै, कोरोना भाइरसको माहामारीले बन्दा-बन्दी भएको बेलामा आर्थिक सहयोग गर्नु हुने सबै नगरवासी लगाएत घर-घरमा गएर आर्थिक संकलन गर्न सहयोग गर्नु भएकोमा मिनबहादुर श्रेष्ठ (विष्णु) र कुमार श्रेष्ठलाई नगर सम्पर्क मञ्चका अध्यक्ष श्रेष्ठले हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

 

बुधबार ५ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट