आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङलाई


सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङलाई

सुनौलो रामेछाप



माघ ७ काठमाडौं । नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङ गाउँपालिका मञ्चले जितेको छ ।

 नेशनल स्पोट्स सेन्टर, च्यासलमा भएको प्रतियोगिताको उपविजेता लिखु तामाकोशी गाउँपालिका सम्पर्क मञ्च भएको छ ।  तेस्रो स्थान मन्थली र सान्त्वना पुरस्कार रामेछाप नगरपालिकाले पाएको सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले बताएका छन् । विजेता पहिलो टिमले ३० हजार,दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कारसहित सिल्ड र प्रमाणपत्र पाएका छन् ।

कार्यक्रममा एमाले नेता माधव ढुङ्गेल, बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज  रुकमणि राना इन्चार्ज, लगायत उपस्थित भएका थिए ।

 

आईतवार ७ माघ, २०८०



मतहरू

Mylo

Ali Russell

Aarav

Destiny Fischer


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट