जेठ १८, रामेछाप । काेराेना संक्रमणकाे कारण रामेछापमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ निवासी ४९ वर्षिय डिल्ली बहादुर तामाङकाे काेराेना संक्रमणबाट जिल्ला अस्पताल रामेछापमा आज बिहान निधन भएकाे छ ।
संक्रमित तामाङ हाेम आइसाेलेसनमा बस्दा बस्दै स्वास्थ्यमा समस्या बढ्दै गएपछि जिल्ला अस्पताल रामेछापमा थप उपचारकाे लागि गत शुक्रवार रामेछाप लगिएकाे थियाे ।
मंगलवार १८ जेष्ठ, २०७८