जेठ १६, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापमा थप एक जनाको मृत्यु भएको छ ।
लिखु तामाकोसी गाउँपालिका-२ सैपुका सोम बहादुर महतले कोभिड-१९लाई जित्न असफल भएपछि अस्पतालमा उपचाररतकै क्रममा शनिवार निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि राजधानीका एक अस्पतालमा उपचारको क्रममा महतको निधन भएको हो । निधन भएका महत पूर्व शिक्षक समेत रहेका थिए ।
आईतवार १६ जेष्ठ, २०७८