असार ५ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा रामेछाप जिल्लाका प्रभावशाली नेता चित्रबहादुर कार्कीको निधन भएको छ । कार्कीको आज बिहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा निधन भएको हो ।
उनको स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारको लागि अस्पताल भर्ना भएका थिए ।
उमाकुण्ड गाउँपालिका–३ रामेछापको कुभुकास्थलिका स्थायी बासिन्दा रहेको कार्की २०५४ सालका स्थानीय निर्वाचनमा तत्कालीन कुभुकास्थली गा.वि.स.को अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।
कार्कीको निधनबाट एमालेले जिल्लाको शीर्षस्थ नेता गुमाएको र अपूरणीय क्षति भएको जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले बताएका छन् ।
आईतवार ५ असार, २०७९