जेठ २४, रामेछाप । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका सुनापति गाउँपालिका-२ दिपीपोखरी स्थित बजेपोखरीका ४७ बर्षिय नन्दलाल घिसिङको आज बिहान आफ्नै घरमा निधन भएको छ ।
उनको केही दिन अघिबाट कोरोनासँग मिल्दो मिसिमको लक्षण देखिएपछि हिजो मात्र चाँपस्वाँरा उप स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा घिसिङलाइ कोरोना पोजेटिभ देखिएको थियो ।
लक्षण देखिएका घिसिङलाई स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तत्काल अस्पताल जान सुझाव दिए पनि उनी भने घरमै बस्ने भन्दै परीक्षण गराएर घर फर्किएका थिए । आज बिहान शौचालय जाने क्रममा एक्कासी बेहोस भएर उनको निधन भएको परिवारका एक सदस्यले बताए ।
नेपाली सेनाको टोलीले कोरोनाबाट निधन भएका घिसिङको शव व्यवस्थापन गर्ने भएको छ ।
कोरोनाबाट निधन भएका घिसिङको शव गाल्वा क्षेत्रमा व्यवस्थापन गर्ने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका नेता होमराज खपाङ्गी मगरले जानकारी दिए ।
सोमबार २४ जेष्ठ, २०७८