असार २, रामेछाप । कोभिड संक्रमित बढदै गइरहेको बेला स्वास्थ्य सामाग्री अभाव नहोस भनेर नेकपा माओवादी केन्द्र गोकुलगंगा गाउँ कमिटीले गोकुलगंगा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
माओवादी केन्द्रले तीन वटा अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री र खाद्यन्न समेत गाउँपालिकालाई सहयोग गरेको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका नेता प्रेम कुमार कार्की सेवकको नेतृत्वमा संकलन भएको स्वास्थ्य सामाग्री आज गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार २ असार, २०७८