फागुन १८ ,रामेछाप
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले कोरोना भाईरसविरुद्दको खोप सुरक्षित भएकाले ढुक्क भएर लिन सबैलाई अनुरोध गरेका छन् ।राज्यले लक्षित वर्ग तोकिएका हरुलाई कुनै शंका उपशंका नगरी खोप लगाउन उनको आग्रह छ ।
कर्ण भन्छन यो पहिलाृेपटक आएको होईन पहिलो चरणको खोप पनि धेरै साथीहरुले लिईसक्नुभएको छ ।धेरै देशमा यो खोप किनेर लगाएको भन्दै कर्णले हामीले सितैमा पाएको सुविधा ढुक्क भएर लिन अनुरोध गरेका हुन । आफुले पनि पहिलो चरणको खोप लगाईसकेको भन्दै गर्भवती,सुत्केरी र एलर्जीको बिरामी बाहेक सबैले लगाउन उनले अपिलसमेत गरेका छन् ।
मंगलवार १८ फाल्गुन, २०७७