असार ४, रामेछाप । रामेछाप जिल्लामा आज मात्रै ४४ जना कोरोनामुक्त भएका छन् भने १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
गोकुलगंगा गाउँपालिकाबाट २५ जना, मन्थली नगरपालिकाबाट १२ जना, रामेछाप नगरपालिकाबाट १० जना, उमाकुण्ड गाउँपालिकाबाट तीन जना, दोरम्बा गाउँपालिकाबाट दुई जना र लिखुतामाकोशी गाउँपालिकाबाट दुई जना शुक्रबार कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, जिल्ला मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतालमा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १७ जनाको ज्यान गएको छ भने १९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २०१ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
जिल्लामा कुल कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६७६ जना पुगेको छ भने कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ८९४ जना पुगेको छ । यो सङ्ख्या वैशाखदेखि हालसम्मको हो ।
शुक्रबार ४ असार, २०७८