बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछापमा २२ जना सङ्क्रमित थपिए


रामेछापमा २२ जना सङ्क्रमित थपिए

सुनौलो रामेछाप


असार ७, रामेछाप । सोमबार रामेछापमा कोरोनामुक्त हुनेको सङ्ख्या ४५ पुगेसँगै २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७७६ जना पुगेको छ । सोमबार रामेछाप नगरपालिकाबाट १९ जना, सुनापति गाउँपालिकाबाट ९ जना, गोकुलगंगा गाउँपालिकाबाट ६ जना, खाँडादेवी गाउँपालिकाबाट ५ जना, तामाकोशी अस्पतालबाट ४ जना, जिल्ला अस्पताल रामेछापबाट एक जना, लिखुतामाकोशी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य  कार्यालय रामेछापले जनाएको छ । 

त्यसैगरी सोमबार जिल्लामा २२ जना कोरोना सङ्क्रमित थपिएका मध्ये जिल्ला अस्पतालमा ९ जना, उमाकुण्ड गाउँपालिकामा ५ जना, गोकुलगंगा गाउँपालिकामा ५ जना, खाँडादेवी गाउँपालिकामा एक  जना, र तामाकोशी अस्पतालमा दुई जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ९४९ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १५६ जना कोरोनाका संक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १७ जनाको ज्यान गएको छ भने २१ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।

सोमबार ७ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट