आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

लक्ष्य भन्दा बढी राजश्व दोरम्बा गाउँपालिकामा संकलन भएको छः धिरज मरासिनी       


लक्ष्य भन्दा बढी राजश्व दोरम्बा गाउँपालिकामा संकलन भएको छः धिरज मरासिनी       

सुनौलो रामेछाप


असार ८, रामेछाप । कोभिड-१९ को अवधिमा स्वास्थ्य मापदण्डको पालना गर्दै दोरम्बा सैलुङ गाउँपालिकाले यस आर्थिक बर्षमा ८० प्रतिशत विकास बजेट खर्च गर्ने बताएको छ ।        

दोरम्बा सैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत धिरज मरासिनीले भने, ‘यस आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएका छौं ।’ गाउँपालिकाले यस आर्थिक बर्षमा २५ लाख राजश्व संकलन हुने लक्ष्य राखेकोमा अहिलेसम्म २८ लाख रुपैयाँ राजश्व संकलन भइसकेको मरासिनीले बताए । 

आगामी आर्थिक बर्षको बजेट यस आर्थिक बर्षकै हाराहारीमा ल्याउने तयारी भइरहेको बताउँदै नीति तथा कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्राथमिताको आधारमा बजेट विनियोजन गर्ने मरासिनीले बताए ।

मंगलवार ८ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट