असार १०, रामेछाप । रामेछाप नगरपालिकाले नवौँ नगर सभामा उप-प्रमुख सिर्जना खड्काले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै रामेछाप नगरपालिकाले विगतमा जस्तै यस वर्ष पनि नगरका एक घर एक धारा, एक स्थानीय तह एक पकेट क्षेत्र जस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ ।

उप-प्रमुख खड्काले विगतका हाम्रो हरेक कार्यक्रमहरूलाई निरन्तरता दिँदै यो वर्ष थप महिला तथा बालबालिका हकहितको विषेश कार्यक्रम सहिद नगरका गौरवका सडकहरूलाई प्रथामिकता दिने वातावरण संरक्षण, खानेपानीको मुहान संरक्षण गर्न वृक्षरोपण गर्ने जस्ता कार्यक्रम सम्बन्धि संघ संस्थाहरूसित समन्वय गरी कार्यनयन गर्ने प्रतिवद्धता गर्दै नगरका हरेक क्षत्रलाई आवश्यक पर्ने बजेट बिनियोजन गरेको नगर सभामा जानकारी गराउनु भएको छ ।



बिहीबार १० असार, २०७८