असार १८, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको सङ्ख्या ३४ जना पुगेको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७१ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार शुक्रबार रामेछाप नगरपालिकाबाट १४ जना, सुनापति गाउँपालिकाबाट १४ जना, मन्थली नगरपालिकाबाट दुई जना, लिखुतामाकोशी गाउँपालिकाबाट दुई जना, जिल्ला अस्पतालबाट एक जना र खाँडादेवी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएका छन् ।
साथै शुक्रबार जिल्लामा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार लिखुतामाकोशी गाउँपालिकामा ६ जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, खाँडादेवी गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार १५८ जना पुगेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको र २५ जनालाई थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १६८ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
शुक्रबार १८ असार, २०७८