शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

एमालेले रामेछापमा संगठित सदस्यको संख्या १० हजार पुर्‍याउने


एमालेले रामेछापमा संगठित सदस्यको संख्या १० हजार पुर्‍याउने

सुनौलो रामेछाप


असार २०, रामेछाप । करिब सात हजार सदस्य संख्या भएको नेकपा एमाले रामेछापले जिल्लाभित्र संगठित सदस्यको संख्या दस हजार पुर्याउने भएको छ ।

जिल्ला कमिटी रामेछापले क्रियाशिल सदस्यता नविकरण गर्नको लागि दुई वटा नगर कमिटी र ६ वटा गाउँ कमिटीमा नविकरण फारम पठाएको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताए । 

उनले भने, एमालेको तर्फबाट तत्कालिन नेकपाहुँदा दस हजार जनाको नामावली संगठित सदस्यताको लागि प्राप्त भएको थियो, सोही आधारमा अहिले नविकरणको लागि पठाएको छौँ । 

यही असार मसान्तभित्र नगर र गाउँ कमिटीबाट संगठित सदस्यहरुको नामावली प्राप्त हुने सचिव कडरियाले बताए ।  

भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनाउने निणर्य आज भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले गरेको छ । 

आईतवार २० असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट