असार २५, रामेछाप । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
शुक्रबार रामेछाप जिल्लामा २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २७९ जना पुगेको छ ।
शुक्रबार खाँडादेवी गाउँपालिकामा चार जना, लिखुतामाकोशी गाउँपालिकामा तीन जना, जिल्ला अस्पालतमा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । साथै मन्थली नगरपालिकामा १२ जना, रामेछाप नगरपालिकामा पाँच जनामा पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ ।
शुक्रबार रामेछाप जिल्लामा १४ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ११६ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार लिखुतामाकोशी गाउँपालिकाबाट पाँच जना, रामेछाप नगरपालिकाबाट चार जना, उमाकुण्ड गाउँपालिकाबाट तीन जना, गोकुलगंगा गाउँपालिकाबाट एक जना, कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४४ जना कोरोनाका संक्रिय संक्रमित छन् । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ भने २७ जनालाई थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रबार २५ असार, २०७८