शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

रामेछापमा एक हप्ता निषेधाज्ञा थप


रामेछापमा एक हप्ता निषेधाज्ञा थप

सुनौलो रामेछाप


असार ३१, रामेछाप । कोरोना भाइरसको सङ्क्रमित बढीरहेको भन्दै जिल्लामा कार्यलयले जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई साउन ७ गते सम्म थप गर्ने निर्णय गरेको हो । 

डीसीसीएमसीको बैठकले विहीबार मध्यरात १२ः०० बजे देखी लागु हुनेगरी सिटको क्षमता भन्दा बढी नहुनेगरी जिल्लाभित्र मात्र निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प,होटल ,चिया खाजा ,रेष्टुरेन्ट ,निर्माण सामग्री विक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगायत पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गरी बिहान ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने निर्णय भएको हो । 

त्यसैगरी अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बैंक, सहकारी तथा वित्तिय संस्थाहरु, दुध तथा डेरीजन्य उत्पादन तथा विक्रिवितरण गर्ने पसल नियमित रुपमा सञ्चालन गर्ने र सवारी मर्मत वर्कसप बिहान ५ः०० बजेबाट साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो भने त्यसैगरि  बैठकले जिल्ला भित्रने तथा वाहिरीने सवै यात्रुवहाक सवारी साधनहरु ,जिल्ला भित्रका खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने , भिडभाड हुने, सभा जुलुस , सवै शैक्षिक संस्थाहरु, पठनपाठन र परीक्षा, अतिआवश्यक बाहेकका प्रशिक्षण, तालिम तथा गोष्ठिहरु,मेला महोत्सव,हाटबजार, जात्रा, पर्व, खेलकुद, स्वीमीङ पुल, सपिङ महल, मनोरञ्जन स्थल, फुडसल, हेल्थक्लब, जिम खाना, पुस्तकालय, पार्टी प्यालेस, लगाएत सञ्चालनमा पनि रोक लगाईएको छ ।

 दुईवटा सानो सवारी साधन र विवाह ब्रतबन्ध जस्ता संस्कारका हकमा बढीमा १५ जनासम्मलाई  प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न दिने व्यवस्था गरिएको छ । 

 

 

बिहीबार ३१ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट