शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

रामेछाप जिल्लामा एउटा वडा थपिने 


रामेछाप जिल्लामा एउटा वडा थपिने 

सुनौलो रामेछाप


साउन १, रामेछाप । हालै रामेछाप जिल्लामा एउटा वडा थपिने भएको छ । 

रामेछाप जिल्लाको ८ स्थानीय तहमा रहेको ६४ वटा वडामा अब भने एउटा वडा थप गरेर ६५ वटा वडा पुग्ने भएको छ । मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाउने निर्णय भएको छ । 

सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खडग घिसिङका अनुसार हाल चार नम्बर वडामा ८४ सय ५६ जना मतदाता रहेकोले वडा टुक्रयाउने निर्णय गरेको हो । वडा नम्बर ४ को साविक वडा नम्बर २, ३, ४, ५ र ६ वडालाई गाउँपालिकाको वडा नम्बर ६ को लागि प्रस्ताव गरिएको छ भने वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको छ । त्यसैगरी साविक बडा नम्बर १, ७, ८ र ९ लाई वडा नम्बर ४ कायम गर्दै वडाको नाम डहु भ्वाँसा नामाकरण गरिएको छ ।

चार नम्बर वडामा मतदाताको संख्या ४२ सय ५६ जना रहेका छन् । गाउँपालिकाको निर्णय अनुसार साविक बेथान गाविसको १, ७, ८ र ९ वडाहरु रहने गरी साबिक वडा नं ५ जुगेपानी धारा देखि गोरेटो बाटो अनरीखोला काठेपिपल ग्याम्राङ हुदै साविक वडा नं ४ को कार्यालय अगाडि रहेको धारासम्म सिमाना रहने गरी वडा नं ४ लाई डहु भ्वाँसा नामाकरण गरिएको छ । 

वडा नम्बर ६ मा ४३ सय ३० जना मतदाता रहेका छन् । साविक बेथान गा.वि.स वडा नं २, ३, ४, ५ (जुगेपानी धारा देखि गोरेटो बाटो अनरीखोला काठेपिपल ग्याम्राङ भन्दा बाहेकको भुभाग) र ६ नं वडाहरुलाई समावेश गरी नयाँ ६ नं वडा बेथान पानीघाट नामाकरण गरिएको छ ।

सुनापति गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचन अघि नै एउटा वडा थपिएसँगै वडाको संख्या ६ वटा पुग्ने भएको छ । गाउँपालिकाको सिफारिसमा वडा अध्यक्ष घिसिङले मतदाताको आधारमा मन्त्रीपरिषदले निर्णय गरेपछि वडा विभाजनको निर्णय लागू हुनेछ । 
 

शुक्रबार १ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट