शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

भोलिदेखी जोन्सन एण्ड जोन्सन रामेछापमा लगाइदैं, कति गते कुन ठाउँमा


भोलिदेखी जोन्सन एण्ड जोन्सन रामेछापमा लगाइदैं, कति गते कुन ठाउँमा

सुनौलो रामेछाप


श्रावण ९, रामेछाप । श्रावण १० गतेदेखी अर्थात भोलिदेखी रामेछापमा अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन लगाईने भएको छ । यो खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा श्रावण १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप  लगाईदै छ । 
श्रावण १० र ११ गते लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा 
श्रावण १० देखी १३ गतेसम्म रामेछाप नगरपालिकामा 
श्रावण ११ र १२ गते मन्थली नगरपालिकामा भने 
श्रावण १३ गतेदेखी १५ गतेसम्म दोरम्बा गाउँपालिकामा खोप लगाईने छ ।

यसैगरी श्रावण १३ गते सुनापती गाउँपालिकामा 
श्रावण १३ र १४ गते गोकुलगंगा गाउँपालिकामा र 
श्रावण १४ र १५ गते उमाकुण्ड गाउँपालिकामा जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा लगाईने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताएका हुन ।

यो खोप लगाउनका लागि ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका नागरिकहरुले नागरिकता अथवा उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर खोप लगाउन जानुपर्ने छ ।

पुर्ण र अति अशक्त अपांगता भएका क, ख वर्गका व्यक्तिहरुले अपांगता परिचयपत्र लिएर जानुपर्ने भने स्वस्थ्य संस्थामा कार्यरत छुटफुट स्वस्थ्यकर्मी र सरसफाईकर्मीहरुले नाम विवरण सहितको पत्र तथा परिचयपत्र साथमा लिएर मात्रै खोप लगाउन आफनो नजिको खोप केन्द्रमा जान स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले आग्रह गर्नुभएको छ ।

शनिबार ९ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट