श्रावण ११, रामेछाप । विद्युत सेवा नियमित नभएपछि आईतबार रामेछापका उपभोक्ताले विद्युत प्रधिकरण वितरण केन्द्रमा घेराउ गरेका छन् । मन्थली र आसपासका उपभोक्ताले प्राधिकरणको कार्यालय बिहान ११ बजे घेराउ गरेका हुन् ।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्राधिकरणको वितरण केन्द्र घेराउ गर्नुपरेको स्थानीयले बताएका छन् । कोभिडको महामारीका समयमा प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न नगएपनि उक्त अवधिको विद्युत महशुलमा जरिवाना लगाईएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले ढल्केबरको ट्रान्समिशनमा समस्या आएका कारण अहिले दोलखाबाट आउने लाइन जोडिएको र उक्त लाइनमा समस्या आईरहेको बताउनुभयो ।
सोमबार ११ श्रावण, २०७८