श्रावण २१, रामेछाप । तीन बर्षको अवधिमा बागमती प्रदेश सरकारले रामेछाप जिल्लामा ६४ किलोमिटर सडक कालोपत्रे गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा विभिन्न सडक खण्डमा गरी ६४ किलोमिटर सडक कालोपत्रे भएको हो ।
हालसम्म मन्थली–गाल्वा–चौरीखोला सडक खण्डमा १६.३६५ किलोमिटर, सित्खा भिरपानी गोगनपानी फुल्वा धुले मेगर्पा भदौरे हुँदै भोटनागी जोडन सडक खण्डको १० किलोमिटर, मन्थली मदौ राल्टार समालीथान सालु सडक खण्डको साढे सात किलोमिटर, खैरेनीघाट बेथान गाल्वा सडक खण्डकको चार किलोमिटर, खिम्ती फर्पु नामावली बेताली सडक खण्डको १६ किलोमिटर, मन्थली साँघुटार घोराखोरी सडक खण्डको २ किलोमिटर, कालो चौराता सिंगटी च्यादलुी सडक खण्डको १४ सय मिटर, फर्पु नाम्दी बेताली रस्नालु ठोसे गज्र्याङ्ग १९ सय मिटर, खैरेनीघाट राकाथुम गाल्वा दोरम्बा टोकरपुर गौश्वरा सडक खण्डको १४ सय मिटर, लखनपुर गाल्वा मन्थली सडक खण्डको १३ सय मिटर, मन्थली चनखु वडाा कार्यालय सडक खण्डको २ सय मिटर, सित्खा आँपचौर रायगाउँ सडक खण्डको ६ सय मिटर, मन्थली भुत्यहाखोला कठजोर सडक खण्ड र मन्थली भलुवाजोर सडक खण्डमा ५ सय मिटर सडक कालोपत्रे भएको छ ।
बिहीबार २१ श्रावण, २०७८