श्रावण २७, रामेछाप । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । सुनापती गाउँपालिकामा जन्मनुभएका कुलमान घिसिङ फेरी पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ ।
उहाँलाई प्राधिकरणका निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका छन् ।
कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताउनुभएको छ ।
उहाँले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः घिसिङको आगमन भएसँगै रामेछापवासी निकै खुशी भएका छन ।
बुधबार २७ श्रावण, २०७८