भदौ १५, रामेछाप । अन्तिम समयमा आएर बागमती प्रदेशका सांसद शान्ति पौडेलले माधव कुमार नेपालको साथ छोडेका छन् । मंगलबार नेकपा एकीकृत समाजजवादी पार्टीमा ११ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेपनि सांसद पौडेल भने त्यहाँ सहभागी भएनन् ।
नेकपा एमाले रामेछापका अध्यक्ष रहेका पौडेल नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बेलामा उनी हेटौंडा नगई रामेछापतर्फ लागेका हुन् । १० बुँदे सहमति कार्यन्वयन भएर आफू एमालेको अध्यक्षको भूमिकामा फर्किन पाइने भएपछि पौडेलले माधव समूह छाडेको बताएका छन् ।
नेकपा एकतापछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव रहेका थिए भने एमाले ब्युँतिएपछि उनी माधव नेपाल समूहमा रहेका थिए ।
मंगलवार १५ भाद्र, २०७८